कम्पनीको वित्तीय आम्दानी १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र अन्य आम्दानी २० करोड ६३ लाख रुपैयाँ रहेको छ। चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ७६ अर्ब ५७ करोड ७० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा रिजर्भ २.२७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३८.६६ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ४५.०५ रुपैयाँ थियो। पीई रेसियो २५.८३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५.०९ रुपैयाँ रहेको छ।





