काठमाडौँ : मुलुकभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ।
यसै क्रममा आज जुम्लामा न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरमा आजको सबैभन्दा कम तापक्रम यही (–३.०) डिग्री सेल्यिसस हो। यसपछि आज सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा ७.० डिग्री सेल्सियस देखिएको छ।
तेस्रो नम्बरमा सबैभन्दा कम न्यूनतम तापक्रम आज ताप्लेजुङमा १०.० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। यस्तै मुलुकको राजधानी काठमाडौँ उपत्यकामा भने आज न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस देखिएको छ।





