रूपन्देही : रूपन्देहीमा फोर्स गाडीको ठक्कर बाट स्कुटर चालकको मृत्यु भएको छ ।
रूपन्देही सैनामैना नगरपालिका-९ स्थित सडकमा लु.प्र.०१-००३ प ००६९ नम्बरको स्कुटर र लु.१ ज ४९१५ नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-११ कुलचन्द्र पथ बस्ने ५० वर्षीय होम बहादुर छन्तेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





