उपनिर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले काठमाडौँमा तालमेल गर्ने

२०८१ मंसिर १, शनिबार

काठमाडौँ : आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले काठमाडौँका दुई स्थानीय तहमा तालमेल गर्ने भएका छन्।

शनिबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेबीच कीर्तिपुर नगरपालिकाको मेयर र  काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा तालमेल गर्ने सहमति भएको हो।

सहमति अनुसार कीर्तिपुरको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जनलाई एकीकृत समाजवादीले समर्थन गर्नेछ भने काठमाडौँ–१६ मा एकीकृत समाजवादीका उम्मेदवार मिन मानन्धरलाई माओवादी केन्द्रले समर्थन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार