काठमाडौँ : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यस्तताका कारण स्थगित भएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पुन: बोलाइएको छ।
बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी आज अपराह्न चार बजे बस्नेछ। आजको बैठकमा स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा छलफल गरिने पार्टी प्रवत्ता अग्नी सापकोटाले जानकारी दिए।





