ओलीविरुद्ध दुर्गा प्रसाईंले भ्रम सिर्जना गरे : शंकर पोखरेल

२०८१ मंसिर ४, मंगलवार

काठमाडाैं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रमण सिर्जना गरेको बताएका छन् ।

देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको उनको भनाइ छ । ‘कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो’, उनले सोमबार राति आफ्नो फेसबुकमा लेखेका छन्, ‘यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु  हामी सबैको कर्तव्य हो ।’

प्रसाईंले सोमबार प्रधानमन्त्रीलाई विवादमा ल्याउने गरी विदेशी लगानीको विषय सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार