‘पूर्ण बहादुरको सारंगी’मा समावेश गीत ‘चरी’ सार्वजनिक

२०८१ मंसिर ४, मंगलवार

काठमाडौँ : ब्लकबस्टर बनेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’मा समावेश ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ ।

युट्युबमार्फत सार्वजनिक गीतमा पुष्पन प्रधान र विज्ञानी पराजुलीले स्वर दिएका छन् । शब्द र संगीत प्रशान्त शिवाकोटीको छ भने एरेञ्ज विशम आचार्यले गरेका छन् ।

सरोज पौडेल निर्देशित ‘पूर्ण बहादुरको सारंगी’मा विजय बराल, प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरूङलगायत कलाकारले अभिनय गरेका छन् ।

तिहारको लक्ष्मी पूजाको दिन प्रदर्शन भएको फिल्मले आइतबारसम्म ३५ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार