विदेश पढ्न जानेले तीन महिनामै लगे ३२ अर्ब

२०८१ मंसिर ४, मंगलवार

काठमाडौं : राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोजसम्म) मा विदेश पढ्न जानले ३२ अर्ब १७ करोड रूपैयाँ लगेका छन्।

यो अवधिमा नेपाल पढ्न आउनेले ७२ करोड भित्र्याएका छन्। त्यस्तै, उपचारको लागि ९ करोड ४७ लाख बाहिरिएको छ भने अन्य काममा सात अर्ब २६ करोड रूपैयाँ बाहिरिएको छ।

व्यवसाय उद्देश्यले हुने भ्रमण लगायतमा भने २२ अर्ब ५१ करोड रूपैयाँ बाहिरिएको छ। यसरी यस्ता वैदेशिक यात्राको क्रममा नेपालबाट ५५ अर्ब रूपैयाँ बाहिँरिदा १७ अर्ब मात्रै भित्रिएको छ। यो तीन महिनामा चार खर्ब सात अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोले पर्याप्त विदेशी मुद्राको सञ्चिति छ।

विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २२ खर्ब रूपैयाँ कटेको छ। यसले अहिलेकै अवस्थामा १४ महिनाभन्दा धेरैको आयात धान्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार