भारतीय सेना प्रमुख द्विवेदी नेपालमा

२०८१ मंसिर ५, बुधबार

काठमाडौँ : भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौँ आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न उनी बुधबार नेपाल आइपुगेका हुन्। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको रहेको छ।

५ दिन नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ।

नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एकअर्का देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेको छ। गत नोभेम्बर १ मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार