पार्टिगत पत्रकारको विषयमा समाजशास्त्रका विद्यार्थी यसो भन्छन

२०८१ मंसिर ५, बुधबार

समाजशास्त्रका विद्यार्थी सौगात गौतम

काठमाडौँ :  “पार्टिगत झोले पत्रकार” भन्ने शब्द सामान्यतया कुनै पनि राजनीतिक दल वा गुटसँग नजिक रहेका र तिनका फाइदाका लागि पक्षपाती भएर समाचार लेख्ने वा रिपोर्ट गर्ने पत्रकारहरूलाई जनाउन प्रयोग गरिन्छ।

यस्ता पत्रकारहरुले पक्षपाती समाचार लेख्छन । तथ्यलाई तटस्थ रूपमा प्रस्तुत गर्नुको सट्टा, आफ्नो समर्थन गरेको समूह वा दलको पक्षमा समाचार लेख्छन। आफ्नो समर्थित दललाई अत्यधिक राम्रो देखाउन र विपक्षी दललाई अत्यधिक नराम्रो देखाउन सूचना चयन गर्ने गर्छन ।

समाचारलाई अतिरञ्जना गरेर अथवा तथ्य लुकाएर, आफ्नो राजनीतिक दललाई सहज हुने समाचार लेख्छन । पत्रकारिताको मूलभूत सिद्धान्त– सत्यता, निष्पक्षता, र विश्वसनीयता–लाई बेवास्ता गर्नमा महत्वपुर्ण योगदान यस्ता पत्रकारको हुन्छ ।आफ्नो राजनीतिक गुट वा दललाई प्रश्न गर्ने वा आलोचना गर्नेप्रति शत्रुतापूर्ण व्यवहार देखाउने काम पनी यिनिहरुले गरेको पाईन्छ ।

प्राय: यस्ता पत्रकारहरुमा सत्य तथ्य छानविन गर्ने खुवी हुदैन । अध्यनको कमी हुन्छ । कुशल पत्रकारीताको वारेमा ज्ञान अल्ली कमै हुन्छ, कसैको डर त्रास र आर्थिक प्रलोभनमा यस्ता पत्रकारहरु रुमलिरहेका हुन्छन । यस्ता प्रवृत्तिहरूले पत्रकारिताको मूल मर्म जनतालाई सत्य सूचना दिनु र समाजको मार्गदर्शन गर्नुलाई कमजोर बनाउँछ। तटस्थता, सत्यता, र पेशागत इमानदारी कुनै पनि पत्रकारिताको आधारभूत तत्व हुन्।

नेपालमा पत्रकारिताका लागि तोकिएका नियमहरू प्रेस स्वतन्त्रता, सत्यता, निष्पक्षता, र जवाफदेहितामा आधारित छन्। पत्रकार आचारसंहिता २०७३ अनुसार, पत्रकारहरूले सत्य सूचनाको खोज, छानबिन र प्रचारमा ध्यान दिनुपर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
3
+1
1
+1
0

ताजा समाचार