ट्रम्पलाई टेक्सास राज्यको प्रस्तावः अवैध आप्रवासी राख्न जमिन दिन्छौं

२०८१ मंसिर ६, बिहीबार

काठमाडौं : अमेरिकाको टेक्सास राज्यका अधिकारीहरूले नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन्। बीबीसीका अनुसार अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरुलाई शिविर निर्माण गर्न टेक्सास राज्यले करिब १४०० एकड जमिन दिने प्रस्ताव गरेको हो ।

टेक्सास ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्रमा ‘अमेरिकाको इतिहासमा हिंसात्मक अपराधीहरूलाई निर्वासन, अभियोग चलाउन वा हिरासतमा राख्न यस भूमिमा क्याम्प बनाउन सकिने’ उल्लेख छ ।

डोनाल्ड ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन्। ट्रम्पले चुनावी अभियानदेखि नै अवैध आप्रवासीप्रति कडा नीति अपनाउने बताउँदै आएका छन् भने चुनावमा विजय हासिल गरेपछि तदनुरूप नै नियुक्त गरेका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन अवैध आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार