११ जना जिल्ला न्यायाधीशको सरुवा, को कहाँ?

२०८१ मंसिर ६, बिहीबार

काठमाडौँ : न्याय परिषद्ले जिल्ला अदालतका ११ जना न्यायाधीशलाई सरुवा गरेको छ । यस्तै उच्च अदालतका दुई न्यायाधीशको काज सिफारिस गरेको छ ।

बिहीबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश किरणकुमार पोखरेल र उच्च अदालत तुलसीपुर बुटवल इजलासमा कार्यरत न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सिफारिस गरेको हो ।

यस्तै उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार