मन्त्री हेरफेरको कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक

२०८१ मंसिर ६, बिहीबार

धनगढी : गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् ।

धनगढीमा आज प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले आजसम्म पनि मन्त्री हेरफेर गर्ने कुरामा कुनै छलफल नभएको बताए । प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने उनले बताए । ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर, अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने ।

२०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच कुनै खटपट नभएको उनले बताए । ‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन ।

दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौं, २०८४ को निर्वाचनसम्म सहजै मिलेर जान्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार