ओली सरकार एकै रातमा ढल्न सक्छ : महासचिव चन्द

२०८१ मंसिर ८, शनिबार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्दले वर्तमान एकै रातमा ढल्न सक्ने दाबी गरेका छन् ।

नेकपा पुनर्गठनको वार्षिकोत्सवका अवसरमा नेकपाले शनिवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो दाबी गरेका हुन् । ‘हिजो प्रचण्ड कमरेडले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो,’ चन्दले भने,‘आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ ।’

नेपालमा वर्षैपिच्छे सरकार बनेका र ढलेका उदाहरण रहेको बताउँदै चन्दले ओली सरकार धेरै दिन नटिक्ने दाबी गरे । उनले भने, ‘वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् ।’ यस्तो पाराले देशको विकास कहिले हुन्छ ? भन्दै उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार