काठमाडौं : अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छिन् । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतमा नियुक्त गरेका हुन्।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यादव गत १६ असोजमा बसेको संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएकी थिइन् ।





