अदालतको अवहेलनासम्बन्धी निवेदनमा थप विवरण मगाउने आदेश

२०८१ मंसिर १२, बुधबार

काठमाडौँ : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी निवेदनबारे थप विवरण मगाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार उक्त विवादमा अन्य विवरण मगाउने आदेश दिएको हो ।

न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले निवेदन दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार