काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ ।
उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले हाम्रोदेशलाई बताए ।
सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न आदेश दिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।





