काठमाडौँ : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले हाम्रोदेशलाई बताए । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण दलमा ३९ जना सरकारी अधिकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति सहभागी हुनेछन् ।





