यातायातका १८ विचौलिया पक्राउ

२०८१ मंसिर १४, शुक्रबार

काठमाडौं : जिल्ला प्रहरी कार्यालय पर्साले यातायात ब्यबस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ विचौलियालाई पक्राउ गरेको छ । उनीहरुलाई यातायात व्यवस्था कार्यालय पर्सा र बसपार्कबाट पक्राउ गरिएको हो ।

यातायातमा कामबिशेषले जाने सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र बनाउनेदेखि सवारी साधनको नवीकरण तथा सवारी साधनको जाँचपास गराई दिने भनी रकम असुल्ने र बसपार्कमा यात्रीलाई अनावश्यक दुःख दिने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार