काठमाडौं : एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल ५५ रनले पराजित भएको छ। श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाएको हो।
नेपालका मायन यादवले सर्वाधिक ६१ रनको योगदान गरे पनि हार टार्न सकेन। नेपालका लागि अन्य खेलाडीहरुमा आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, रोशन विश्वकर्माले ५, उत्तम मगरले १७, नरेन साउदले १६ रन जोडे। शून्य रनमै युवराज खत्री पवेलियन फर्के भने नटआउटद्वय हेमन्त धामी र युनिश ठकुरीले ३÷३ रन जोडे।
श्रीलंकाले नेपाललाई १९ अतिरिक्त रन दिएको थियो। बलिङतर्फ श्रीलंकाका प्रविन मनिषाले ३, विहास थेवमिका र कुगादास माथुलनले समान २ विकेट झार्दा न्युटन रन्जितकुमार र विरान चामुदिथाले समान १ विकेट लिए। दुलनिथ सिगेराले भने विकेट झार्न सकेनन्।





