बसको ठक्करबाट बालिकाको मृत्यु

२०८१ मंसिर १४, शुक्रबार

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क-६ नरपानीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। एकजना घाइते भएकी छिन्।

गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत नरपानीको धारा बजारमा लु२ख १४१५ नम्बरको बसको ठक्करबाट शितगंगा-४ अमराईका १२ वर्षीय बिनिता बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए। आज शुक्रबार बेलुका पौने ५ बजे बसको ठक्करबाट गम्भीर घाइते भएकी बिनिताको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो।

अर्की घाइते शितगंगा-४ अमराई निवासी अन्दाजी १० वर्षीय एलिना बिकको अर्घाखाँचीमा अस्पतालमा उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लको भनाइ छ। बस चालक र साहुलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार