‘सामाजिक एकता कायम गर्न भाषा–संस्कृति महत्वपूर्ण’

२०८१ मंसिर १५, शनिबार

विराटनगर : कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सामाजिक एकता कायम गर्न भाषा–संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताए ।

मैथिली एशोसिएसन नेपालद्वारा आज यहाँ आयोजित ‘मान इन्टरनेशनल अवार्ड’ कार्यक्रममा उनिले मान–सम्मानको परम्पराले समाजमा एकता एवं सद्भाव अभिवृद्धि गर्न मद्दत मिल्ने बताए ।

राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सबैको मान–सम्मान गर्नुपर्नेमा जोड दिँदै आफूले पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ भने । फरक प्रसङ्गमा उनिले बहुभाषिक हाम्रो मुलुकका विविध मातृभाषाका समाचार र विचार सम्प्रेषणलाई प्राथमिकता दिँदै राससले आफ्नो सेवामा मैथिली भाषालाई समावेश गरेको बताए ।

त्यसअवसरमा कार्यकारी अध्यक्ष झालाई सम्मान गरिएको थियो । साथै नेपाल र भारतका एक सय १० जनालाई सम्मान गरिएको थियो । कार्यक्रम एशोसिएसनका अध्यक्ष प्रवीननारायण चौधरीको अध्यक्षतमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार