बढ्यो पेट्रोलको मूल्य

२०८१ मंसिर १५, शनिबार

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १ रूपैयाँ बढाएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले बढ़ाइएको निगमनले जनाएको ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वइन्टमा बिक्री मूल्य कायम गरिएको निगमको भनाइ छ। साथै, आम उपभोक्ताको हितलाई मध्यनजर गरी खाना पकाउने ‍एलपी ग्यासको मूल्य बढेर आए तापनि हाललाई यथावत् राखिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार