मैले हाकिमहरुको जिब्रो थुत्नुपर्छ भनेको, सनासोले जिब्रो नै तानेकोजस्तो भयोः मन्त्री गुरुङ

२०८१ मंसिर १६, आईतवार

काठमाडौं : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले पोखरामा बोलेको कुरालाई गलत मनशायका साथ प्रचार–प्रचार गरिएको बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले बिम्बात्मक रुपमा सरकारको नुन खाएर सरकारविरुद्ध काम गर्ने हाकिमहरुको जिब्रो थुत्नुपर्ने भनेको बताए ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी समायोजन ऐनबारे बोल्दै मन्त्री गुरुङले आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘प्रहरीको आईजीपीले के भन्यो रु म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने रु त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार