काठमाडौं : नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि उनीहरूकै उपस्थितिमा दुवै देशका सम्बन्धित अधिकारीहरूले ९ वटा महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर तथा पत्र आदानप्रदान गरेका हुन्।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सहमतिमा भैंसीको मासु निर्यात गर्नेदेखि टोखा छहरे सुरुङमार्ग बनाउनेसम्मको सहमति भएको छ ।
यी हुन् नेपाल र चीनबीच भएका समझदारी
टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
विकास योजना सम्बन्धी समझदारी पत्र
आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र





