कांग्रेस-एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भयो : पुन

२०८१ मंसिर १९, बुधबार

रोल्पा : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पछिल्लो उपचुनावबाट आफ्नो दलको पक्षमा जनमत बढेको दाबी गरेका छन् ।

रोल्पाको गंगादेव गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरूलाई जनमतले अनुमोदन गरेको जिकिर गरे । कांग्रेस र एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले अहिलेको चुनावले खारेज गरिदिएको पनि ठोकुवा गरेका छन् ।

‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौं भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई खारेज गरेका छौं । उपचुनावको परिणमबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौं ।’

विगतका केही निर्वाचनमा तालमेल गर्दा कांग्रेस र एमालेले आफूहरुको मत लिएपनि उनीहरूले नदिएको पुष्टि पनि यही निर्वाचनबाट भएको दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार