सिभिल मलमा एससिटी–युपिआइ कार्डधारकहरूका लागि निशुल्क पार्किङ सुबिधा सुरु

२०८१ मंसिर १९, बुधबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भूक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मल (Civil Mall) बिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत SCT–UPI कार्डधाराकहरूले आफ्नो SCT–UPI कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निशुल्क पार्किङ सुविधा लिन सक्नेछन । डिसेम्बर १, २०२४ (मङ्सिर १६, २०८१) देखि सुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागु हुनेछ ।

SCT-UPI डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT को कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन । SCT-UPI कार्डधाराकहरूले आगामी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार