विद्युत प्राधिकरणमा ऊर्जामन्त्रीका लागि नयाँ कार्यकक्ष

२०८१ मंसिर १९, बुधबार

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका लागि नयाँ कार्यकक्ष निर्माण गरिदिएको छ । मन्त्री दीपक खड्कासँगको सम्बन्ध सुमधुर हुन नसकिरहेका समय कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ कार्यकक्ष बनाइदिएका हुन् ।

नयाँ कार्यकक्षामा मन्त्री खड्का बुधबार नै पुगेका थिए । उनलाई लामबद्ध कर्मचारीहरूले फूलका बुकेहरुले स्वागत गरेका थिए । प्राधिकरणले मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार