काठमाडौं : काठमाडौं महानगरपालिका–१४ खसिबजारस्थित सडकमा मंगलबार राती भएको दुर्घटनामा पैदलयात्रुको मृत्यु भएको छ ।
बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ ।





