प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेश प्रस्थान

२०८१ मंसिर २०, बिहीबार

काठमाडौँ : चीनको चारदिन लामो भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट स्वदेशका लागि उडेका छन्। ओली नेतृत्वको टोली नेपाली समय अनुसार विहान पौने ९ बजे बेइजिङ्गबाट नेपाल उडेको हो।

प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका छन्। ओली नेतृत्वको टोली नेपाली समय अनुसार अपरान्ह साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने छ। चीनको चारदिन लामो  भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कन लागेका हुन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार