गृहमन्त्रीको ‘पीए’ हुँ भन्‍दै ठगी गरेको आरोपमा युवक पक्राउ

२०८१ मंसिर २०, बिहीबार

काठमाडौं : गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्ट रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।

पक्राउ परेका उनीमाथि अनुसन्धान थालिएको एसएसपी भट्टराईले बताए । उनीमाथि नक्कली पीए भन्दै ठगी गर्दै हिडेको प्रहरीको आरोप छ ।गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो । नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो।

गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए/सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार