पदभार ग्रहण कार्यक्रमको मञ्चबाटै नव निर्वाचित वडाध्यक्ष पक्राउ

२०८१ मंसिर २१, शुक्रबार

सप्तरी : सप्तरीमा आइतबार भएको उपनिर्वाचनमा विजयी एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।

हत्या आरोप लागेका डाक्नेश्वरी नगरपालिका–१ का नव निर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई प्रहरीले हिजो आयोजित वडा कार्यालयमा पदभार ग्रहण गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनीविरुद्ध दुई जनाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा विचाराधीन छ । साह जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाध्यक्ष विजयी भएका हुन् ।

स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीवार पक्राउ परेका हुन् । डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।

गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार