कास्की : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलााई भेटेका छन्।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दे डा. भट्टराईले ‘ रबिमाथि राजनीतिक प्रतिशोध साँधिएको र सहकारी समस्यालाई विषयान्तर गरिन लागेको’ दाबी गरे।
उनले सहकारीको रकम हिनामिना गर्नेहरु राज्य सत्ताका आसेपासे भएको र उनीहरुलाई उन्मुक्ति दिने तथा विपक्षीमाथि प्रतिशोध साँध्ने काम भएको जिकिर मात्र गरेनन्, बचतकर्ताको रकम सुरक्षा गर्नेतर्फ राज्य उदासीन भएको आरोप पनि लगाए।





