१५ दिनभित्र सुधारका कार्ययोजना पेस गर्न वायुसेवा निगमलाई पर्यटन मन्त्रीको निर्देशन

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन्।

बिहीबार नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन्।

निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्य योजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने मन्त्री पाण्डेले बताए।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरूदण्डको रूपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त गर्दै निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्न समेत निर्देशन दिए।

निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार