परराष्ट्रमन्त्री राणा भोलि युरोप भ्रमणमा जाँदै

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले युरोपेली राष्ट्र नेदरल्याण्ड्स र जर्मनीको भ्रमण गर्ने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । अनुसार उनी शनिबार त्यसतर्फ प्रस्थान गर्नेछिन् । परराष्ट्रमन्त्री राणाले पहिला नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम छ । नेदरल्याण्ड्समा उनी इन्टरनेसनल कोर्ट अफ जस्टीस (आईसीजे) मा उपस्थित भई जलवायु परिवर्तनका सम्बन्धमा नेपालको अडान राख्नेछिन् । सोमबार उनी आईसीजेमा उपस्थित भई नेपालको अडान राख्ने छिन् ।

जलवायु परिवर्तनको सम्बन्धमा नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा डिसेम्बर २ देखि १२ सम्म सार्वजनिक सुनुवाइ चलिरहेको छ । परराष्ट्रमन्त्री राणा यसैमा सहभागी हुन नेदरल्याण्ड्स जान लागेकी हुन् । आईसीजेमा हुने सुनुवाइमा सहभागी भएपछि परराष्ट्रमन्त्री राणा जर्मनी जाने कार्यक्रम छ । समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् ।

कार्यक्रम डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा हुनेछ ।जर्मनीका विदेशमन्त्रीको निमन्त्रणामा उनी उक्त कार्यक्रममा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री राणाको पुस ५ गते स्वदेश फर्किने कार्यतालिका छ । परराष्ट्रमन्त्री हिजो मात्र चीन भ्रमणबाट फर्किएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार