टिपर दुर्घटनामा चालकको मृत्यु

२०८१ मंसिर २२, शनिबार

बागमती : काठमाडौँ–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकै शुक्रबार टिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

बकैयाको हात्तीसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड गरी जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसैमा च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार