अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगे

२०८१ मंसिर २३, आईतवार

काठमाडौं : दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्। आइतबार काठमाडौं आइपुगेका लुले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

‘उहाँले काठमाडौंमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुनेछ,’ अमेरिकी दूतावासले भनेको छ, ‘उहाँको यो भ्रमणले अमेरिका-नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता प्रस्तुत गर्दछ।’

उनी मंगलबार फर्किने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार