ठमेलस्थित कमलपोखरीको जग्गा फिर्ता ल्याउन माग गर्दै स्थानीयकाे प्रदर्शन

२०८१ मंसिर २४, सोमबार

काठमाडौं : ठमेलस्थित सञ्चयकोष कार्यालय हुँदै अमृत साइन्स क्याम्पस जाने सडक छेउमा रहेको ऐतिहासिक कमलपोखरी बचाउन स्थानीयवासीले माग राखेका छन्।

नक्सा र पुर्जामा उक्त जग्गा कमलपोखरीकै रहेको, तर व्यवहारमा मिचिएको भन्दै स्थानीय तथा अभियन्ताहरूले संरक्षणको माग गर्दै प्रदर्शन गरेका हुन्। ‘सम्पदा बचाऔँ’ अभियन्ताहरूले उक्त संरचना भत्काउन माग गर्दै आइतबार ठमेल क्षेत्रमा प्रदर्शन गरेका छन्। छायादेवी कम्प्लेक्सले पोखरीको जग्गामा संरचना बनाएकाले त्यसलाई हटाएर पोखरी कायम गर्नुपर्ने सम्पदा अभियन्ताको माग छ। यो मुद्दा सर्वोच्चमा पुगे पनि फैसला भने हुन सकेको छैन।

उक्त पोखरीको क्षेत्रफल २६.५ रोपनी रहे पनि ११ रोपनी हाराहारीमा संरचना बनाएको सम्पदा अभियन्ता न्हुच्छेभक्त फोजूले बताए। ‘कागजातमा जग्गा पोखरीकै छ, तर विभिन्न प्रपञ्च रचेर संरचना बनाइएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसलाई हटाउनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार