आज पनि बढ्यो सुनको मूल्य

२०८१ मंसिर २४, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ५० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार