एकीकृत समाजवादीको स्थायी कमिटीमा १७ सदस्य थप गरिने

२०८१ मंसिर २७, बिहीबार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीमा १७ सदस्य थप गरिने भएको छ ।

बुधबार पार्टी मुख्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले दशौँ महाधिवेशनअघि सोही कमिटीमा रहेका १७ सदस्य थप गर्ने निर्णय गरेको हो । थप सदस्यसहितको बैठक आउँदो शुक्रबार बस्ने तय भएको नेताहरूले बताएका छन् । उक्त बैठकले नेताहरूको कार्यविभाजन गर्ने तयारी छ ।

गत असारमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले हालसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार