कमलादी सडक भासिएको चार महिनामा मर्मत, सचिवले गरे उद्घाटन

२०८१ मंसिर २७, बिहीबार

काठमाडौं : काठमाडौंको कमलादीमा भासिएको सडक चार महिना लगाएर मर्मत गरिएको छ। मर्मत गरिएको सडकमा बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएको छ। इच्छुमती (टुकुचा) खोलामाथि एक स्पानसहित बक्स कल्भर्ट र ४.८४ मिटर लामो तथा १२ मिटर चौडा सडक मर्मत गरी सडक विभागले सञ्चालनमा ल्याएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर उद्घाटन गरेका हुन्।टुकुचामाथिको कल्भर्ट गत साउन २३ गते भत्किएको थियो। जरूरी महत्वको स्थानमा भासिएको सडक र कल्भर्ट विभागले तीव्रताका साथ मर्मत गरेको महानिर्देशक रामहरि पोखरेलको दाबी छ।

सडक भासिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिक परिचालन गरेर अध्ययन गरेको थियो। प्राविधिक तथा विज्ञहरूले क्षतिग्रस्त कल्भर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए। त्यस लगत्तै मन्त्री देवेन्द्र दाहाल सहितको टोलीले उक्त स्थानको अवलोकन गरी तत्काल सडक मर्मत गर्न निर्देशन दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार