दुर्गा प्रसाईं अदालतबाटै पक्राउ

२०८१ मंसिर २७, बिहीबार

काठमाडौँ : आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालत परिसरबाटै पक्राउ परेका छन्।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको थियो।

आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका उनलाई प्रहरीले सङ्गठित अपराधको कसुरमा फेरि पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार