भारी वर्षाका कारण विद्यालय बन्द

२०८१ मंसिर २८, शुक्रबार

काठमाडौं : भारतको तमिलनाडुमा भारी वर्षाभएको छ । समाचार एजेन्सी एएनआईका अनुसार तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जम्मा भएको छ ।

भारी वर्षाका कारण मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लामा शुक्रबार विद्यालय बन्द गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अङ्ग्रेजी पत्रिका द हिन्दूका अनुसार मदुरै र मायेलादुतुराईबाहेक अन्य प्रभावित जिल्लाका कलेक्टरले शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरेका हुन् ।

बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार