डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

२०८१ मंसिर २८, शुक्रबार

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० नगद गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत आर्थिक वर्ष कम्पनीले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार