पशुपतिनजिकै झाडीमा २० वर्षीया युवती मृत भेटिइन्

२०८१ मंसिर २८, शुक्रबार

काठमाडौँ : काठमाडौँको पशुपतिनाथनजिकै एक युवती मृत फेला परेकी छन्।

शंखरापुर नगरपालिका-५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार शुक्रबार मृत फेला परेकी हुन्। काठमाडौँ महानगरपालिका ८ तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।

घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार