काठमाडाैं : विवाद चर्किरहेको नेकपा एकीकृत समाजवादीमा नेताहरूलाई जिम्मेवारी दिएर विवाद सामान्य पार्ने गृहकार्य गरिएको छ ।
असन्तुष्ट नेताहरूलाई स्थायी समिति सदस्यमा मनोनीत गरी जिम्मेवारी दिने तयारी भएको छ । जारी स्थायी समिति बैठकले १७ जना नेतालाई स्थाीय समिति सदस्य मनोनीत गरेको छ ।
स्थायी समिति सदस्यमा रामकुमारी झाँक्री, डा विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवलाल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई मनोनीत गरिएको छ ।