श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

२०८१ मंसिर २८, शुक्रबार

धरान : श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका–२ पुरानो बजार डेरा गरी बस्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। भोजपुर अरूण गाउँपालिका–६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाईलीलाई शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफ्नै श्रीमती २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेको आरोप छ।

अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको जानकारीका आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार