काठमाडौँ : गृह मन्त्रालयले दुईजना प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महाननिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ ।
मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत दुर्गा सिंह र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत भरतबहादुर बोहोरालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।