फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते

२०८१ मंसिर २८, शुक्रबार

गुल्मी : गुल्मीमा शुक्रवार फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–१००१ ज १३८५ नं. को फोर्स  गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गाडी सडकबाट  २००–३०० मिटर तल खस्दा चालक सहित ६ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा चालक गुल्मी मुसिकोट नपा २ देउरालीका  २४ वर्षीय दीपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गङ्गा भट्टराई घाइते भएका छन्। त्यस्तै गुल्मी रेसुङ्गा नपा–८ छापटोला बस्ने ३८ वर्षीय बसन्ती श्रीस, उनका छोरा  ८ वर्षीय एक्सन श्रीस, उनका श्रीमान्  ४५ वर्षीय नवीन श्रीस पनि घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार