काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झर्‍यो

२०८१ मंसिर २९, शनिबार

काठमाडौँ : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।

आज बिहान ५:४५ बजे २.५ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे २ डिग्री सेल्सियसमा झरेको हो।मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौँका लागि यो तापक्रम यस वर्ष लागेयताकै कम हो।

मौसम महाशाखाका अनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७.२ डिग्री सेल्सियस छ। सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ विराटनगरमा ९ डिग्री सेल्सियस छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार